Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा आज भारी अंकको गिरावट


    आइतबार, असार १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७ मा कायम भएको छ । कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

    २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटे ।

    दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्त र माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, सूर्याज्योति लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार