प्रकृति अधिकारी
२०७९ सालको एसईईको नतिजा सम्भवतः यसै सातामा भइजाला । नतिजाका बखत विद्यार्थी, अभिभावक तथा शिक्षकलाई निकै तनाउ सिर्जना हुन्छ । कुनै बेला गोरखापत्र र रेडियो नेपाल नतिजा प्राप्तिको माध्यम थियो । अब सूचना प्रविधिको विकाससँगै इन्टरनेट र मोबाइल फोनबाट क्षणभरमा नतिजा थाहा हुनसक्छ । तर बितेका केही बर्षयता सूचना प्रविधिको पहुँच हुँदाहुँदै पनि विद्यार्थीले सास्ती भोग्नु परेको छ । शुल्क तिर्नुपरेको छ ।
अनलाइन वा एसएमएसबाट नतिजा प्रकाशनका लागि विभिन्न संस्थासँग निवेदन माग गर्ने गरिएको छ र उनीहरुलाई उपलब्ध गराउने गरिएको छ । नेपाल टेलिकमलाई ग्रेडसिट (लब्धाङ्कपत्र) नै उपलब्ध गराइन्छ तर अन्य संस्थालाई जीपीएमात्र देख्न मिल्ने नतिजा उपलब्ध गराइन्छ । जबकि अन्य संस्थाले नेपाल टेलिकमले तिरेकै सरह रकम बुझाउनुपर्छ । यसबाट विद्यार्थीले दोहोरो झन्झट व्यहोर्नुपरेको छ । सुरुमा अन्य संस्थाको वेबसाइटमा गएर जीपीए थाहा पाउँछन् र त्यसपछि नेपाल टेलिकमको बेबसाइट वा एसएमएस सेवाबाट ग्रेडसिट हेर्न पाउँछन् । यस्तो हुनु विद्यार्थीमाथिको अन्याय हो ।
नेपाल टेलिकमले नतिजालाई छिटो वेबसाइटमा राख्दैन । ऊ व्यापार गर्न बसेको संस्था हो । उसले सुरुमा एसएमएस सेवा थाल्छ । किनकि त्यसबाट उसले त्यसबखत करोडौँ रुपियाँ आर्जन गर्छ । त्यसपछिमात्र नतिजालाई वेबसाइटमा अपलोड गर्छ । यो त न्याय भएन नि । विद्यार्थीको नतिजामाथि व्यापार गर्ने तरिका स्वीकार्य हुनै सक्दैन । व्यापार गर्ने अरु बाटा छन्, विद्यार्थीको नतिजा उपलब्ध गराउनु सेवा पो हो त । सकिन्छ भने एसईईको नतिजा निःशुल्कमा एसएमएसमा उपलब्ध गराउनुपर्छ ।
निजी क्षेत्रका अन्य सेवा प्रदायक संस्था जसले निवेदन दिएका छन् तिनलाई कडाइ गरौँ न । बरु जसले उपलब्ध गराइएको नतिजाको दुरुपयोग गरे वा गोपनीयता कायम गर्न सकेनन् वा नतिजा प्रकाशनका बखत त्रुटि गरेमा आइन्दा नतिजा उपलब्ध नगराउने भनी प्रतिबन्ध लगाउने तरिका छन् । वा अन्य कारवाहीका उपाय छन् ।
नतिजा सार्वजनिक भए लगत्तै नतिजा हेर्न वा थाहा पाउन विद्यार्थीको छटपटी निकै बढ्छ । एकैपटक लाखौँले हेर्ने भएकाले कतिपय वेबसाइट ह्याङ हुने सम्भावना रहन्छ । एउटा नभए अर्को, अर्को नभए अर्को हेर्ने अवस्था रहन्छ तर जुन वेबसाइटबाट उनीहरुले नतिजा थाहा पाउँछन् आधा मात्र नतिजा थाहा पाउने व्यवस्था गर्नु राष्ट्रिय परीक्षा बोर्डका लागि नसुहाउने काम हो । जुन वेबसाइटबाट उनीहरुले नतिजा हेर्छन् त्यसमा पूर्ण नतिजा उपलब्ध हुनुपर्छ । आधा एउटामा र आधा अर्काेमा गई हेर्नुपर्छ भन्ने संदेश जाँदा विदेशीहरु कति हाँस्दा हुन् । होइन, सबै दिँदा दुरुपयोग हुन्छ भन्ने लागेमा नेपाल टेलिकम बाहेकलाई नदिए भैगो नि । किन अरुसँग निवेदन माग्ने र रकम असुल्ने ?
तसर्थ दुई वर्षअघिसम्म रहेको व्यवस्थालाई पुनः कायम गरिदिएर विद्यार्थीमाथि न्याय गरिदिनुपर्छ । अन्यथा बोर्डका पदाधिकारी र नेपाल टेलिकमबीच मिलेमतो हुने गरेको आरोप यसपटक पनि कायम रहनेछ । त्यो आरोप गलत सावित गर्ने यो अवसर पनि हो है ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend