काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीयतालाई टेवा पुग्ने बजेट आएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहको भन्दा सङ्घमा बजेट कटौतीको मात्रा बढी भएको उल्लेख गरे ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले भने, “सङ्घीय बजेट २२ प्रतिशतले कटौती भएको छ । प्रदेश र स्थानीय तहको बजेट सात प्रतिशतले मात्रै कटौती भएको छ ।” उनले स्रोत साधनको सीमितता भए पनि प्रदेश र स्थानीय तहलाई विनियोजनमा भारी कटौती नगरिएको बताए ।
अर्थमन्त्री डा. महतले ठुला आयोजनामा महिनैपिच्छे एक अर्बभन्दा बढी रुपैयाँ माग भएकाले साना तथा मझौला आयोजनामा अपेक्षाकृत रकम कम भएको बताए । उनले भने, “ठुला, महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनामा ठुलो पैसा सीमित भयो जसले गर्दा साना र मझौला तथा गाउँ गाउँमा सडक बाटोघाटोमा भनिए जसरी बजेट पुगेन तर तलमाथि भयो भने १६५ निर्वाचन क्षेत्रमा पाँच पाँच करोडको दरले राखेकै छौँ ।”
पूर्वप्रधानमन्त्री तथा केही सीमित मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा बजेट केन्द्रित भएको गुनासोमा अर्थमन्त्री डा. महतले भने, “विगतमा प्रधानमन्त्रीको जिल्लामा कसरी बजेट गए हामीलाई थाहा छ । अहिले पनि झापामा थुप्रै बजेट रकमान्तर भएका छन् । हामीले कुनै पनि पूर्वाग्रह राखेनौँ ।”
बजेटबारे पूर्वतयारी केही नभएको समयमा मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा आमूल किसिमबाट नयाँ प्रस्ताव गर्ने समय नभएर बजेट आएको परिस्थिति बुझ्नुपर्ने उनले बताए । गोरखापत्र दैनिकबाट
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend