काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीयतालाई टेवा पुग्ने बजेट आएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहको भन्दा सङ्घमा बजेट कटौतीको मात्रा बढी भएको उल्लेख गरे ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले भने, “सङ्घीय बजेट २२ प्रतिशतले कटौती भएको छ । प्रदेश र स्थानीय तहको बजेट सात प्रतिशतले मात्रै कटौती भएको छ ।” उनले स्रोत साधनको सीमितता भए पनि प्रदेश र स्थानीय तहलाई विनियोजनमा भारी कटौती नगरिएको बताए ।
अर्थमन्त्री डा. महतले ठुला आयोजनामा महिनैपिच्छे एक अर्बभन्दा बढी रुपैयाँ माग भएकाले साना तथा मझौला आयोजनामा अपेक्षाकृत रकम कम भएको बताए । उनले भने, “ठुला, महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनामा ठुलो पैसा सीमित भयो जसले गर्दा साना र मझौला तथा गाउँ गाउँमा सडक बाटोघाटोमा भनिए जसरी बजेट पुगेन तर तलमाथि भयो भने १६५ निर्वाचन क्षेत्रमा पाँच पाँच करोडको दरले राखेकै छौँ ।”
पूर्वप्रधानमन्त्री तथा केही सीमित मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा बजेट केन्द्रित भएको गुनासोमा अर्थमन्त्री डा. महतले भने, “विगतमा प्रधानमन्त्रीको जिल्लामा कसरी बजेट गए हामीलाई थाहा छ । अहिले पनि झापामा थुप्रै बजेट रकमान्तर भएका छन् । हामीले कुनै पनि पूर्वाग्रह राखेनौँ ।”
बजेटबारे पूर्वतयारी केही नभएको समयमा मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा आमूल किसिमबाट नयाँ प्रस्ताव गर्ने समय नभएर बजेट आएको परिस्थिति बुझ्नुपर्ने उनले बताए । गोरखापत्र दैनिकबाट
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend