Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज बजेट सार्वजनिक हुने, १९ खर्ब बराबरको आउने


    बिहिबार, जेष्ठ १५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्दैछ ।

    अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्वजनिक गर्न लागेको हो ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार