काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री पुनले बजेट सार्बजनिक गर्दै यस बजेटका पाँच उद्धेश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।
बजेटका पाँच उद्देश्य
१- उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
२- निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३- मानव संसाधन विकास गर्नु,
४- स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका पाँच प्राथमिकता:
१- आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
२- कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
३- शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४- समावेशिता र सामाजिक सुरक्षा, र
५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend