Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोकाएको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन : कानुनमन्त्री गुरुङ


    शुक्रबार, असार १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने बताएका छन्

    आज पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गुरुङले प्रमुख प्रतिपक्ष दल

    नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए। एमाले सत्तामा जानका लागि भोकाइरहेको उनको आरोप छ।

    मन्त्री गुरुङले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए। उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने प्रतिवद्धता जनाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार