Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठकमा आज विनियोजन विधेयक पेश गरिने


    शुक्रबार, असार १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । आज साढे २ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने छन् भने अर्थमन्त्री डा। प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री अशोक राईले पेश गर्ने छन् ।

    मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथि दफाबार छलफल हुने र सो विधेयक पारित गर्ने पनि कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार