Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले नारायणगण-मुग्लिन सडक अवरुद्ध


    शुक्रबार, असार १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिरोले नारायणगण-मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खसेकाले दुवैतर्फी बाटो अवरोध भएको हो ।

    मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।

    पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार