Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संयुक्त राष्ट्रसंघका उपमहासचिव नेपालमा, शान्ति स्थापना कार्यमा गरेको सहयोगको प्रशंसा


    बुधबार, असार १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शान्ति सेनासम्बन्धी बिषय हेर्ने संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्स (Jean Pierre lacroix)  नेपाल भ्रमणमा आएका छन् । चार दिने भ्रमणका लागि लाक्रोइक्स नेपाल आएका लाक्रोइक्स शुक्रबार फर्किने कार्यक्रम छ ।

    उपमहासचिव लाक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रम तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उपमहासचिव लाक्रोइक्सले नेपालले शान्तिसेना पठाएर अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई सहयोग पुर्याएकोमा प्रशंसा गर्नुभएको थियो ।

    साथै नेपालले जुन १३ देखि १६ सम्म संयुक्त राष्ट्रसंघसँग मिलेर पीटीपीआईएस (PTPIS) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भब्यताका साथ आयोजना गरेको छ । राष्ट्रसंघका उपमहासचिव लाक्रोइक्सले उक्त कार्यक्रम आयोजना गरेकोमा नेपाललाई बधाइ दिनुभएको छ । त्यो कार्यक्रमको संयोजन रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले गर्नुभएको थियो ।

    साथै सो अवसरमा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदान सम्बन्धमा उहाँले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रको ५० भन्दा बढी देशका सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेना र परराष्ट्र मन्त्रालयको तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार