काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरलाई हेलिपोर्ट सञ्चालन गर्न दिने पर्यटन मन्त्रालयको निर्णयलाई खारेज गरिदिएको छ ।
गत २८ जेठमा पर्यटन मन्त्री सुदन किरातीले हेलिपोर्ट सञ्चालन गर्न दिने मन्त्रीस्तरीय निर्णय गरेर कार्यान्वयनका लागि प्राधिकरणमा पठाएका थिए । तर, प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयले बुधवार उक्त निर्णय खारेज गरिदिएको हो ।
निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन दिने कानूनी व्यवस्था नभएकोले सिम्रिकलाई हेलिपोर्ट सञ्चालन गर्न दिन नसक्ने निर्णय गरेको प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले गरेको जानकारी दिए ।
उक्त सिम्रिकले काभ्रेमा हेलिकप्टरको उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) सञ्चालन गर्न पर्यटन मन्त्रालयमार्फत निर्णय गराएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend