Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार : ३५ अङ्कले घट्याे, झन्डै ६ अर्ब रुपैयाँकाे काराेबार


    बुधबार, असार १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । हिजो झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।

    आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो ।

    आज इन्ग्वा हाइड्राेपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किक लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार