Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक महिलाको मृत्यु


    बुधबार, असार १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् ।

    वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार