Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषाको विदेह नगरपालिकाद्वारा ५० बेडको स्थायी क्वारेन्टाइन निर्माण


    आइतबार, चैत्र १६ २०७६
    1000
    Shares
  • २ मिनेट पाठ
  • संजीव मण्डल, विदेह नगरपालिका, धनुषा

    धनुषाको विदेह नगरपालिकाले ५० बेडको क्वारेन्टाईन बनाएको छ । क्वारेन्टाइन निर्माण भएको दिन आइतबारमात्रै चार ब्यक्ति भर्ना भएका छन् । केही दिनअघि कतारबाट फर्केका वडा नम्बर ३ का रतन मुखिया र श्रवण मुखियालाई क्वारेन्टाइनमा राखिएका छन् । यसैगरी भारतको मद्रास र चेन्नइबाट फर्केका बिष्णुदेब महरा र देबु पासमानलाई समेत क्वारेन्टाइनमा राखिएको नगर प्रमुख बेचन दासले जानकारी दिएका छन् ।

    \"\"क्वारेन्टाइनमा राखिएका बिदेशबाट फर्किएका ब्यक्ति ।

    क्वारेन्टाइन एक दर्जन स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीहरुको स्क्रीनिङ्ग गरी भर्ना गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव साहले बताए । धनुषामा खान बस्न झुलसहितको सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्ने पहिलो स्थानीय तह विदेह नगरपालिका भएको छ । 

    पछिल्लो समय कोरोनाको त्रास बढेपछि कामको सिलसिलामा भारतलगायत खाडी  मुलुकबाट धेरै जना फर्किएका छन् । नगरपालिकाले उनीहरुको तथ्याकं संकलन गरी सुरक्षित रुपमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

    जनताको हरेक किसिमको सुरक्षार्थ आधादर्जन सुरक्षाकर्मी, चार जना सरसफाई कर्मचारी र चार जना कार्यालय सहयोगी परिचालन गरिएको छ । 

    यता मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र लकडाउनको पालना गर्न नगर प्रमुख तथा उपप्रमुख निलमदेवी मण्डलले नगरबासीसँग आग्रह गरेका छन् । उपप्रमुख मण्डलले आफूले प्रयोग गर्ने गाडीसमेत बिरामी ओसारपसारमा प्रयोग गर्न दिएको बताएकी छन् । 

    यसअघि नगरपालिकाले जनचेतनाका लागि माइकिङ, मास्क तथा साबुन सेनिटाइजर बितरण लगायताका बिभिन्न कार्यक्रमहरु गरिसकेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार