Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम कति ?


    मंगलबार, असार १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो दिन मंगलबारको कारोबार सकिँदा सेयर बजारमा ५६.९४ अंकको वृद्धि भएको छ। उक्त अंकको वृद्धिले नेप्से २१८६ कायम भएको छ।

    यसदिन १८७ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ३४ कम्पनीको मूल्यमा भने गिरावट आएको छ।

    मंगलबार लगानीकर्ताहरुको धेरै आकर्षण भने लघुवित्तमा देखिएको छ। निर्धन लघुवित्त, डिप्रोस लघुवित्त, नेरुदा लघुवित्त, गा्रमिण विकास लघुवित्तलगायत अन्य १७ लघुवित्तको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लाग्दै कारोबार बन्द गरिएको थियो। समग्रमा लघुवित्त उपसमूह ३५३ अंकले वृद्धि भएको छ।

    यसबाहेक बैंकिङ उपसमूह ४८, विकास बैंक ५३, वित्तिय ८३, जीवन बीमा उपसूमह ९४ अंकले वृद्धि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार