Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर बालेनविरुद्धको मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको इजलासमा


    मंगलबार, असार १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि आज न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।

    गत आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो ।

    भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन उच्च अदालत पाटनले दिएको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको जिकिरसहित मेयर बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार