Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रधानमन्त्रीले भने- विश्वविद्यालयमा शैक्षिक पात्रो कडाइका साथ लागु गर्नुस्


    मंगलबार, असार १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने दाबी गरेका छन् ।

    आज दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिए ।

    प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको बताए ।

    ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’’ प्रधानमन्त्रीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार