Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे स्पष्टीकरण


    मंगलबार, असार १२ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधिएको हो ।

    चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

    अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार