काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा भएको छैटौं दिन अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । कोरोनाको असर परेका क्षेत्रका ऋणीले तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्मका लागि सारिएको छ ।
ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको राष्ट्रबैंकले जनाएको छ ।
यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीह?ले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रह?को पहिचान गरी ती क्षेत्रह?का लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ । राष्ट्रबंैकको घोषणाले ऋणीह?का लागि राहत भएको छ ।