Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिए


    सोमबार, असार ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने भन्दै राजीनामा दिएका छन‍्।

    उनले सोमबार राजीनामा बुझाएका हुन्।

    ‘म बहालवाला न्यायाधीशले सुनुवाइ समितिमा उजुरी हाल्दा कारणहरू पनि खुलाएको छु। त्यो कुराहरूमा समिति निष्पक्ष हुन्थ्यो भने उहाँ नियुक्ति हुने अवस्था पनि हुँदैनथ्यो,’ उनले भने, ‘यो एउटा सुधारको पाइला हुन्थ्यो। जसलाई मैले अयोग्य भनेर उजुरी गरेँ उहाँकै मातहतमा मैले असहज महसुस गरेँ।’

    उनले प्राधनन्यायाधीशमा कार्की नियुक्ति भएपछि आफूले धेरै सोच विचार गरेको पनि बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार