Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुङ्गामा एक वृद्ध मृत फेला


    सोमबार, असार ११ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ओखलढुङ्गा। ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक वृद्ध मृत भेटिएका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् ।

    आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत भेटेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार