Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप पौडेलले भने- पशुपतिको जलहरिबारे संसदीय समिति बनाएर छानबिन गरौं


    सोमबार, असार ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने दाबी गरेका छन्।

    प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको बताए।

    ‘जलहरिबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनले प्रष्ट औंल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो?,’ उनले प्रश्न गरे।

    जलहरिबारे छानबिनका लागि संसदले समिति बनाउनुपर्ने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार