Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई दिनलाई गृहमन्त्री श्रेष्ठ चीन जाने


    आइतबार, असार १० २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाने तयारीमा छन् । उनी पर्सि सिचुआन प्रान्तको राजधानी छन्तु जाने कार्यक्रम तय भएको छ ।

    उनी छन्तुमा आयोजना गर्न लागिएको ट्रेड एक्जिबिसनमा सहभागी हुन जान लागेको बुझिएको छ । नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा व्यापारीहरुको टोली पनि जाने तयारी छ ।

    ‘दुई दिने कार्यक्रमको लागि मन्त्रीज्यू चीन जाने कुरा छ,अरु विवरण थाहा भएन,’ गृह मन्त्रालय स्रोतले भन्यो । उनी छन्तुको कार्यक्रममा दुई दिन सहभागी हुने छन् । आउजाउ समेत गरेर चार दिनका लागि चीन जान लागेका गृहमन्त्रीको उक्त कार्यक्रम मन्त्री बन्नुअघिदेखि नै तय भएको बताइन्छ ।

    उक्त भेटको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसँग भेटघाट हुने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार