Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुटवलमा आइसोलेसनमा राखिएका युवाको मुत्यु


    आइतबार, चैत्र १६ २०७६
    880
    Shares
  • २ मिनेट पाठ
  • रुपेन्देही । बुटवलमा रहेको अस्थायी आइसोलेसन अस्पतालमा उच्च ज्वरोका कारण आज एक व्यक्तिको निधन भएको छ ।

    दुवईबाट गत चैत ६ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए ।

    उनको कोरोना भाइरसका कारणले मृत्यु भएको हो वा होइन भन्ने बारेमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पताल स्रोतले वताएको छ ।

    उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको  थियो। आज बेलुकासम्म उनको रिपोर्ट आउने सँभावना रहेको स्रोतको भनाइ छ । अस्पतालले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

    उनी दुवईमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्दै आएको पनि खुलेको छ ।

    कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि रामनगरस्थित धागो कारखानामा अस्थायी आइसोलेसन अस्पताल निर्माण गरेर उपचार हुँदै आएको छ। त्यहां करिब ७ जनालाई राखिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार