Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको केन्द्रीय समिति बैठक बस्दै


    शनिबार, असार ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जसपाको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ। विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न आज बैठक आह्वान गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन बोलाएको छ।

    विभिन्न समिति र संगठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् ।

    केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार