Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • रेशम चौधरी भोलि सुर्खेत जाँदै


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी सुर्खेत जाने भएका छन् । थारु कल्याणकारिणी परिषद् र नागरिक उन्मुक्ति पार्टीको संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी भोलि सुर्खेत जाने भएका हुन् ।

    चौधरी शनिबार बिहान काठमाडौंबाट सुर्खेत विमानस्थल जाने बताइएको छ । वीरेन्द्रनगरस्थित शुभहोटलमा सामान्य भेटघाट गरी दिउँसोको कार्यक्रमलाई सम्बोधन गर्ने लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले जानकारी दिए ।

    अभिनन्दन तथा समारोह कार्यक्रम वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा दिउँसो ३ बजेदेखि सुरु हुने मन्त्री चौधरीले जनाए । रेशमलाले टीकापुर घटनाको बारे जनता सामू स्पष्ट पार्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार