Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चले अन्तरिम आदेश दिएसँगै उपप्राध्यापक चलाउनेले तोडे अनशन


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन् ।

    चलाउनेले शुक्रबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन् ।

    आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए ।

    अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूति भएको बताए । न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरि सडकमा आउने उनले बताए ।

    जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।

    २०७७ असोजमा नेविसंघका नेता कार्यकताले आक्रमण गरेको भन्दै चलाउनेले मुद्दा दर्ता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार