Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले भने- मधेशमा कम बजेट दिएको भन्ने सत्य होइन


    शुक्रबार, असार ८ २०८०
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा बजेट नघाएको दाबी गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षाको बजेट नघाएको स्पष्ट पारेका हुन्।

    उनले भने,’बजेटको आकार चालु आर्थिक वर्षको भन्दा सानो हुँदा पनि आगामी वर्षको बजेटमा शिक्षाको बजेट घटाइएको छैन।’

    प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो नभएको बताए। उनले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तह वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढि रकम मधेश प्रदेशमा जाने गरेको बताए। यसका अतिरिक्त संघबाट संचालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती कमला चन्द्र नहरलगायत सिँचाइ आयोजनाहरू तराई मधेशलाई लक्षित गरी अगाडि बढिरहेको बताए।

    मधेशलाई काठमाडौं जोड्ने द्रूतमार्गलगायतका ठूलो परियोनाहरू पनि मधेश प्रदेशमा पर्ने र तिनको समयवद्ध कार्यान्वयनका लागि यथोचित बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्रीले वीगन्जको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार