काठमाडौं । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो ।
साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही अंकले बढेको छ ।
जेठ ३२ गते (बिहीबार) २०४२.०७ अंकमा पुगेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार २०९४.४० बिन्दुमा पुग्यो । यो सातामा सर्वाधिक उचाइमा नेप्से आइतबार नै पुगेको हो, जुन झण्डै २१ सय हाराहारी हो।
यो वृद्धिले निरन्तरता भने पाउन सकेन आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सकारात्मक सन्देश दिएको र अर्थमन्त्रीले पनि सेयर बजारका विवादित विषयहरूमा प्रष्टीकरण दिएकाले लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण भएको थियो ।
लगानीकर्ताले मनोबल बढेको भन्दै गर्दा सोमवारदेखि पुनः नेप्से परिसूचक घट्न थाल्यो । सोमबार २०९१.४० विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार २०६४.८३ र बुधवार २०५०।७९ मा भन्यो । साताको अन्तिम कारोवार दिन बिहीबार भने परिसूचक २०५५.५३ विन्दुमा पुगेको छ । यो समाचार कारोबार दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend