Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा स्थापना दिवसमा चियापान कार्यक्रम [तस्बिरहरु]


    बिहिबार, असार ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो स्थापना दिवसको अवसरमा चियापान समारोह आयोजना गरेको छ । वनस्थलीस्थित नयाँ भवनमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हो । कार्यक्रमको सुरुआतमा प्रधानमन्त्री दाहालले रास्वपा कार्यालय परिसरमा झुन्ड्याइएको घण्टी बजाएका थिए ।

    चियापानमा प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दीरा रानामगर, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, विभिन्न दलका सांसद, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत रास्वपा नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक सहभागी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार