Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चले दियो अन्तरिम आदेश


    बिहिबार, असार ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वाेच्च अदालतले त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् ।

    चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गरेका थिए ।

    आज अदालतले चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार