Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेन पुगे उच्च अदालत


    बिहिबार, असार ७ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर बालेन उच्च अदालत पाटन पुगेका छन्।

    काठमाडौं महागनरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पान्डेका तर्फबाट संयुक्त रुपमा रिट दर्ता गरिएको छ। यसअघि नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार