Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपप्राध्यापक प्रेम चलाउनेको रिट न्यायाधीश मनोज शर्माको इजलासमा


    बिहिबार, असार ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेले आफुमाथि भएको साङ्घातिक हमलाका मूख्य आरोपित लगायत घटनामा संलग्नविरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ।

    चलाउनेले जिल्ला अदालत काठमाडौंमा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ताका लागि निवेदन दिएपछि न्याय माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चलाउनेमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणमाथि अनुसन्धान गर्दै सरकारले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

    उक्त मुद्दा असार ५ गते फैसलाका लागि पेसी तोकिएको थियो। तर सरकारले त्यसको अघिल्लो दिन मुद्दा फिर्ताका लागि निवेदन दिएपछि सुनुवाइ नै भएन। न्यायाधीशले इजलासमा हैन फाँटमा निवेदन पेस गर्ने भनेपछि सुनुवाइ रोकिएको थियो। अर्को सुनुवाइमा मुद्दा फिर्ता हुने भएपछि त्यसलाई रोक्न माग गर्दै चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

    आज सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा फिर्ता लिने सरकारको निर्णय रोकिनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार