काठमाडौं, १६ चैत । कोरोना भाइरसको मध्येनजर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना व्यक्तिलाई हिरासतमुक्त गरेको छ ।
आयोगले बाँकी अनुसन्धान पुरा गर्ने गरी धरौटी लिएर तारेखमा छाड्ने निर्णय गरेको हो ।
आयोगका अनुसार कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै उनीहरुलाई हिरासतमुक्त गरेको हो । आयोगको हिरासतमा रहेकामध्ये हाल आठ जनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा राख्ने निर्णय गरेको’ आयोगले जनाएको छ ।