Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार १४.०५ अंकले घटदै २०५० अंकमा


    बुधबार, असार ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज (बुधबार) सेयर बजार घटेर २०५० अंकमा कायम भएको छ ।

    अघिल्लो दिन मंगलबारको तुलनामा १४.०५ अंकले घटेर नेप्से २०५० अंकमा अडिएको हो । यसदिन कारोबार रकम पनि घटेको छ ।

    हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

    ४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अंक घटे । होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अंक बढे ।

    सिटी होटलको १० प्रतिशत तथा सोल्टी होटलको ७ प्रतिशत मूल्य बढ्यो । बीपीडब्लू लघुवित्त र इङवा हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । ग्रिनभेन्चरको मूल्य ७ प्रतिशत घट्यो ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार