Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर


    मंगलबार, असार ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि ‘पेस मेकर’ राखिएको छ ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।

    ‘७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेलाबखत कम हुने देखिएकाले विशेषज्ञहरूको रायबमोजिम पेस मेकर राख्नुपर्ने देखिएकाले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रपति पौडेल शनिबार बिहान ३ बजेदेखि उक्त अस्पतालमा उपचाररत छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार