Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चा गठन अघि बालुवाटारमा शीर्ष नेताको बैठक


    सोमबार, असार ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि चार दलका शीर्ष नेता बसेर छलफल गरिरहेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु बैठकमा सहभागी छन् ।

    समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार