Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०


    सोमबार, असार ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् ।

    काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आइतवार गोलभेडाको थोक मूल्य ६ रुपैयाँ प्रतिकिलो थियो ।

    एक महीनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री भएको गोलभेडा आइतवार ६ रुपैयाँमा पनि विक्री नभएको कालीमाटीका व्यापारीको गुनासो छ । गोलभेडाको उचित मूल्य नपाएको भन्दै व्यापारीले नागार्जुन, काभ्रे, काठमाडौँ उपत्यकाका किसानलाई बोलाएर गोलभेडा सडकमा फालेका हुन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार