Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल आइपुग्यो कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री


    आइतबार, चैत्र १६ २०७६
    800
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, १६ चैत  । कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । चीनको ग्वान्झाउबाट उक्त सामन आज काठमाडौँ आइपुगेको हो । 

     चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक सामग्री पहिलो पटक ल्याइएको हो ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार दिउँसो  स्वास्थ्य समाग्री लिन काठमाडौबाट ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको  जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो ।

    प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु प्याकिग गरेर आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ ।

     सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रकृया शुक्रबारबाट धरानमा सुरु गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ । त्यसपछि धनगढी, दाङ र हेटौडामा समेत ल्याव राख्ने र उपचार प्रकृया थाल्ने योजना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

    त्रिभुवन विमानस्थलका अनुसार १२.६६ टन सामग्री बोकेर विमान बिहान ५ बजेर ३१ मिनेटमा नेपाल आइपुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार