काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् ।
कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा नक्सा पास भए वा नभएको अनुगमन गर्न पुग्दा अधिकांश सरकारी निकायले नक्सा पास नगरेको खुलेको थियो । लामो समयदेखि नक्साविपरीत निर्माण भएका भवनको नक्सा पास गर्न आग्रह गर्दा अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।
कामपाको आग्रहलाई अटेर गरेर नक्सा पास नगरी भव्य भवन निर्माण गरेका चार निकायलाई ती भवनको नक्सा पास गर्न पत्राचार गरेको छ । कामपा शहरी व्यवस्थापन विभागले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय र थापाथलीको निर्माणाधीन भवन, नेपाल टेलिकमको सुन्धारा र बबरमहलको भवन, राष्ट्रिय वाणिज्य बैंकका थापाथलीस्थित कार्यालय भवन र सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको हो ।
पटकपटक नक्सा पास गर्न आग्रह गर्दासमेत अटेर गरेपछि कामपाले पत्राचार गरेको हो । उपत्यकामा मुख्यालय रहेका अधिकांश सरकारी निकायले नक्सा पास नगरेको गुनासो वर्षौंदेखि आउने गरेको थियो । राजनीतिक पार्टीबाट निर्वाचित जनप्रतिनिधिले वर्षौंदेखि सो विषयलाई बेवास्ता गरेपछि महानगर फेरि पत्र पठाउने कि नपठाउने, पुनः पत्रचार गर्ने कि नगर्ने विषयमा दोधारमा रहेको महानगरले चार निकायलाई पत्र पठाएको हो ।
पत्रमा नक्सा पास नगरी नयाँ भवन निर्माण भएको देखिएकाले सूचनालाई आधार मानेर तत्काल प्रमाण पेस गर्न आग्रह गरेको छ । यसअघि जेठ २ गते पठाएको पत्रको बेवास्ता गरेपछि कामपाले शुक्रबार पुनः पत्राचार गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend