Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की


    शनिबार, असार २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् । आज काठमाडौंमा दीपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

    राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।

    उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने जिकिर गरिइन् । उनले भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार