Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दैनिक ज्यालादारी गर्ने १६ लाख मजदुरलाई चुलो बाल्न चुनौती


    आइतबार, चैत्र १६ २०७६
    650
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १६ चैत । लकडाउनपछि दैनिक ज्यालादारी मजदुर सबैभन्दा बढी मर्कामा परेका छन् । दिनभरि काम गरेपछि मात्रै बेलुका चुलो जल्ने झन्डै १६ लाख श्रमिकलाई बजार बन्द हुँदा पेट पाल्नसमेत कठिनाइ भएको छ ।

    केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल श्रम सर्भे प्रतिवेदनअनुसार नेपालमा दैनिक ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार छ । यो संख्या कुल श्रमिकको ४१ दशमलव ५ प्रतिशत हो । जसमध्ये पुरुष श्रमिकको संख्या ११ लाख ७५ हजार अर्थात् ४३ प्रतिशत हो । महिला श्रमिकको संख्या ४ लाख ११ हजार अर्थात् ३७ दशमलव ९ प्रतिशत छ ।

    प्रतिगोटा उत्पादन गरेबापत ज्याला प्राप्त गर्ने श्रमिकको संख्या एक लाख ८८ हजार छ । यो संख्या कुल श्रमिकको ४ दशमलव ९ प्रतिशत हो । त्यस्तै, साप्ताहिक ज्यालामा काम गर्ने श्रमिकको संख्या ५० हजार छ । जसमध्ये पुरुषको संख्या ३९ प्रतिशत छ भने महिलाको संख्या १२ हजार छ । 

    प्रतिवेदनअनुसार नेपालमा ७० लाख ८६ हजार नागरिक रोजगार छन् । त्यसमा महिलाको संख्या आठ लाख ८४ हजार छ भने पुरुषको संख्या ४४ लाख ४६ हजार छ । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार छन् भने अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार छन् । 

    दैनिक गुजाराको समस्या परेका श्रमिकलाई लक्षित गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बताए । श्रमविज्ञ रामेश्वर नेपालले सामाजिक सुरक्षा तथा जोखिम बिमालगायतका सुविधा सञ्चालन गरेर भए पनि सरकारले यस्ता श्रमिक वर्गलाई राहत दिनुपर्ने बताए । ‘बजारमा मूल्य बढ्दै जाँदा झनै श्रमिकहरू मर्कामा पर्छन् । त्यसैले, यस्ता श्रमिकका लागि सरकारले केही योजना सञ्चालन गर्नैपर्छ,’ उनले भने । सरकारले गरेको व्यवस्थाअनुसार दैनिक श्रमिकको ज्याला न्यूनतम पाँच सय १७ छ । 

    १६ लाख मजदुरलाई दैनिक गुजाराका लागि खाद्यान्न लगायतका ग्याँसको प्रबन्ध नभएर भोकै पर्ने अवस्था आएकोबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव भन्छन्–प्रधानमन्त्रीज्यू बिरामी हुनुभएकाले छलफल हुन पाएको छैन । आजको नयाँपत्रिका दैनिकमा कृष्ण रिजाल र मीना कुँवरले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार