Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • थप एक जनामा कोरोना भेटियो


    शनिबार, चैत्र १५ २०७६
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ चैत । कतार र दुबईपछि बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

    बागलुङको समेत जोड्दा नेपालमा ५ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शुक्रबार धनगढीमा एक जना, चैत ४ मा कतारबाट आएकी एक युवती र चैत ६ मा दुबईबाट आएक धादिङका एक युवामा कोरोना भेटिएकाले आइसोलेसनमा छन् । त्यसअघि एक जना कोरोना बिरामी थिए । उनीहरू मध्ये एक युवती निको भएर घर गइसकेकी छन् । अरुको उपचार भइरहेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार