Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोटेकोशीमा अन्तराष्ट्रिय मापदण्डको हेल्पडेक्स बन्ने


    शनिबार, चैत्र १५ २०७६
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १५ चैत । कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अन्तर्राष्ट्रिय मापदण्डको ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याइने भएको छ । 

    आज बसेको जनप्रतिनिधिहरुको वैठकले डब्लुएचओको मापदण्ड अनुरुप हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ । गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण वढेमा धुलिखेल अस्पताल पठाइने ब्यवस्था मिलाउने पनि पालिकाले निर्णय गरेको छ । 

    कोरोना भाइरस जाँच गर्ने तथा अन्य स्वास्थ्य सामग्री सहितका सामग्री तातोपानी भन्सारवाट आउँदै गरेकोले गाँउ कार्यपालिकाको वैठक बसी थप सुरक्षा सावधानी वारे छलफल गर्ने गर्ने भएको छ । ‘गाँउ कार्यपालिका र ब्यवसायीहरुसँग छलफल गरी थप सुरक्षा सावधानीको ब्ववस्था मिलाउँदै छौ,’ गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘डब्लुएचओको मापदण्ड अनुसार हेल्प डेक्स सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उनले वताए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार