काठमाडौँ। आज सोमबार नेप्से परिसूचक ७.७९ अंकले उकालो लागेको छ।
यस दिन नेप्से ०.३९ प्रतिशतले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा सीमित भएकाे छ।
यस दिन २८५ वटा धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
भूगोल इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत र सिटी होटल र चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९८ प्रतिशतका दरले वृद्धि भएको छ।
यसैगरी, प्रभु स्मार्ट फण्डको इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६६ पैसामा झरेको छ।
यस्तै, सगरमाथा जलविद्युतको सेयर मूल्य ३.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८८ रुपैयाँ ३० पैसामा सीमित भएको छ। सोमबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७५ रुपैयाँ ३० पैसामा १५ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.४७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी ररहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ४५ रुपैयाँमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend