काठमाडौं, १५ चैत । कोरोना भाइरसका शंकास्पद संक्रमितको नमूना लिन काठमाडौंबाट नेपालगंज गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
निगमको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने जानकारी निगमले दिएको छ ।