Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टुँडीखेल र खुलामञ्च बिचको बाटोमा राति हिंड्न रोक


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडीखेल र खुलामञ्च बिचको बाटोमा राति हिंड्न रोक लगाएको छ। महानगरले असुरक्षाको कारण देखाउँदै सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको हो ।

    टुँडीखेल क्षेत्रमा सूचना टाँस गर्दै महानगरले राति बाटोमा हिंड्न रोक लगाएको बताएको छ। रातको समयमा उक्त बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरु लुटिने घट्ना बढेको गुनासो आएपछि सो बाटो बन्द गरिएको महानगरले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार