Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीपीई लगायतका मेडिकल सामग्री लिन निगमको वाइडबडी जहाज चीन जाँदै


    शनिबार, चैत्र १५ २०७६
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं,  १५ चैत । चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीका लागि आवश्यक मेडिकल सामान लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीनको ग्वाङझाओतर्फ प्रस्थान गर्दैछ । 

    वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङझाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । वाइडबडी जहजा काठमाडौंबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ । 

    कोरोना भाइरसको संक्रमण भएको आशंकामा जाने बिरामीको जाँच गर्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीका लागि पर्सनल प्रोटेक्ट इक्युपमेन्ट (पीपीई) र अन्य मेडिकल सामान नभएका कारण सरकारले चीनबाट खरिद गर्दैछ । त्यही सामान लिन वाइडबडी जहा्ज चीनतर्फ जान लागेको हो । 

    निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिनेछन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार