Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने उपेन्द्र यादवको दाबी


    बुधबार, जेष्ठ २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कोशी प्रदेशमा सहज रुपमा सरकार बन्ने दाबी गरेका हु्न् ।

    माओवादी केन्द्र र जसपा बाहिरिएपछि कोशीमा एमालेका हिक्मतकुमार कार्कीलाई ३० दिनभित्र प्रदेशसभामा बहुमत देखाउनुपर्ने चुनौती छ । नयाँ सरकारको गृहकार्यमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई पनि बहुमत जुटाउन कठिन छ ।

    यस्तो बेलामा कोशीमा अहिलेकै सरकार कायम रहन्छ, नयाँ सरकार बन्छ वा सरकार बन्न नसकेर प्रदेशसभा विघटन हुन्छ भन्ने आशंका छ । उनले प्रदेशसभा विघटन हुन नदिने पनि जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार