काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।
उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताए । संघीयता आएपनि देशमा बेथिति नहटेको उनको भनाई छ । उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताए । संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए ।
‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्चित बन्नु पर्दा स्थानीय र प्रदेश सरकारले काम गर्न नसकिरहेका छैनन्,’ उनले भने, ‘संघीयतामा जनताहरुको हक अधिकार तथा समस्या हल गर्ने र समानुपातिक ढंगबाट विकास निर्माणको काम हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’
उनका अनुसार संघीयता कार्यान्वयनको यस अवधिमा समेत मुलुकको अझै विकास हुन सेको छैन । मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन संविधान संशोधन गरेर अघि बढ्नु पर्ने उनले बताए । संविधानलाई सच्याएर नीति, नियम बनाएर अघि बढ्न सके मात्रा नागरिकहरुको हक अधिकार र विकासको सुनिश्चितता हुने उनको भनाई छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend