काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।
उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताए । संघीयता आएपनि देशमा बेथिति नहटेको उनको भनाई छ । उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताए । संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए ।
‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्चित बन्नु पर्दा स्थानीय र प्रदेश सरकारले काम गर्न नसकिरहेका छैनन्,’ उनले भने, ‘संघीयतामा जनताहरुको हक अधिकार तथा समस्या हल गर्ने र समानुपातिक ढंगबाट विकास निर्माणको काम हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’
उनका अनुसार संघीयता कार्यान्वयनको यस अवधिमा समेत मुलुकको अझै विकास हुन सेको छैन । मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन संविधान संशोधन गरेर अघि बढ्नु पर्ने उनले बताए । संविधानलाई सच्याएर नीति, नियम बनाएर अघि बढ्न सके मात्रा नागरिकहरुको हक अधिकार र विकासको सुनिश्चितता हुने उनको भनाई छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend