Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादव भन्छन्- सरकार गठनसम्बन्धी उल्लेखित संविधानको व्यवस्थामै त्रुटि छ


    सोमबार, भाद्र २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या र विवाद सिर्जना भएको टिप्पणी गरेका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरेका हुन् ।

    ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना समान्य हुन् । संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन ।’

    यादवले कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार